ट्रेन्डिङ

ट्रकको ठक्करबाट बाटो काट्दै गरेका एक जनाको मृत्यु

धनुषा । ट्रकको ठक्करबाट जनकपुरमा बाटो काट्दै गरेका एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ५ निवासी ६० वर्षका सत्यनारायण साह छन् । आज बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा उनलाई बालुवा लोड रहेको ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालक धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ लालगढमा शिव कुमार दमाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै