ट्रेन्डिङ

कारको ठक्करबाट धनुषामा एक जनाको मृत्यु

धनुषा । सवारी दुर्घटनामा परी धनुषामा एक जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो ।

नगरपालिकाको वडा नम्बर १० सिमराढीस्थित सडकमा आइतबार साँचm बा प्र ०१–०२७ च ८२२९ नम्बरको कार र ज ११ प ७७९६ नम्बरको मोटसाइकल एकापसमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सबैला–९ भठियन निवासी २१ वर्षका अमन कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते साहको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको हो ।

यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनालाई उपचारका लागि प्रहरीले न्यूरो अस्पताल जनकपुर पठाएको जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै