ट्रेन्डिङ

स्कारपीयो र कार एकापसमा ठोक्किदाँ ८ जना गम्भिर घाइते

वीरगन्ज । सवारी दुर्घटना हुँदा मकवानपुरमा ८ जना घाइते भएका छन् । मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्टमा सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

शनिबार दिउँसो पूर्व पश्चिम सडकखण्डमा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपीयो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एकापसमा ठोक्किएको थियो ।

घटनाको जानकारी पाएलगत्तै पुगेको इलाका प्रहरी कार्यालय मनहरीको टोलीले घाइतेहरुको उद्दार गरेर उपचारका लागि पठाएको छ । दुर्घटनामा परेका सबैको अवस्था गम्भिर रहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।

उनका अनुसार गम्भिर घाइते भएकाहरुलाई उपचारका लागि चितवन पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनायो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै