
धनुषा । जनकपुरधाम उपमहानगरपालिकास्थित एक वडाका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उपमहानगरपालिकाको वडा नम्बर २४ का वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।
वडाध्यक्ष उपेन्द्र सहनीसहित दुइ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी सावित गरेको हो । अदालतले सहनीसहित वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी बिजय मण्डललाई दोषी ठहर गरेको हो ।
अदालतले सहनीमाथि ६ महिना कैद र दुइ लाख २५ हजार रुपैँया जरिवाना सजाय तोकेको छ । यस्तै वडा सचिव साह र कार्यालय सहयोगी मण्डलमाथि जनही एक लाख १२ हजार ५०० रुपैँया जरिवाना तथा ६ महिना कैद सजाय तोकेको छ ।
वडाध्यक्ष सहनी घुस रकमसहित पक्राउ परेका थिए ।