Close This

ट्रेन्डिङ

लेबनानमा पेजरपछि वाकीटकी विस्फोट, २० जनाको मृत्यु

काठमाडौँ ।लेबनानमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ । विस्फोटमा परी हालसम्म ४५० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी शृंखलाबद्ध विस्फोटहरू वाकी–टकिजमा भएका थिए। वाकी–टकी एक ताररहित मेसिन हो जुन कुरा गर्न प्रयोग गरिन्छ।
१७ सेप्टेम्बरमा पनि लेबनानका धेरै ठाउँमा पेजर फुटाइएको थियो । यी विस्फोटका कारण एक बालकसहित १२ जनाको मृत्यु भएको थियो ।

विष्फोट गराउने वाकी–टकी उपकरणहरू हिजबुल्लाहले प्रयोग गरिरहेको थियो । यी विस्फोटहरू लेबनानको राजधानी बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानमा भएका थिए ।

 

हिजबुल्लाहले भने यी विष्फोटको जिम्मेवारी इजरायललाई दिएको छ । तर, हालसम्म इजरायलले लेबनानमा भएका दुवै विस्फोटमा कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै