ट्रेन्डिङ

भूकम्प : बाराको कलैया त्रिचन्द्र माविका ११ जना विद्यार्थी बेहोस

काठमाण्डौँ । भुकम्पको धक्काले बारामा ११ जना विद्यार्थी बेहोस भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटा चोकस्थित एक विद्यालयका विद्यार्थीहरु बेहोस भएका हुन् ।

त्रिचन्द्र माविका कक्षा ७ र ८ मा अध्ययनरत ११ जना विद्यार्थी आत्तिएर बेहोस भएका प्रहरीले जनाएको छ । उपचारपछि उनीहरुको अवस्था सामान्य सामान्य भइ अस्पतालबाट डिस्चार्ज गरिएको बताइन्छ ।

यसैगरी काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । नेपाल प्रहरीका अनुसार स्युचाटार निवासी ती व्यक्ति घाइते छन् । उनको मनमोहन अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै