Close This

ट्रेन्डिङ

बुद्ध एअरले भारतको वाराणसीमा उडान थप्यो

काठमाण्डौ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एअरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । वाराणासीमा यसअघि हप्ताको दुई दिन सोमवार र बुधवार उडान भर्दै आएको कम्पनीले अब शुक्रवार पनि उडान गर्ने जनाएको छ ।

बुद्ध एअरको भगिनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको जनाएको छ । यात्रुलाई भारतको गयामा गई सोह्रश्राद्ध गर्न थप सहयोग पुग्नेछ ।

काठमाण्डौबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि शुरु आती एकतर्फी भाडा ११ हजार तीन सय ६० रुपैयाँ रहेको छ । काठमाण्डौबाट बिहान सवा ७ बजे तथा वाराणसीबाट साढे ८ बजे उडान समय तोकिएको छ ।

बुद्ध एअरसँग अहिले एटीआर–४२ दुई र एटीआर–७२ १६ गरी १८ वटा विमान छन् ।रासस

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै