ट्रेन्डिङ

वीरगञ्ज भन्सारबाट लागूऔषधसहित एक जना पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट लागूऔषधसहित एक जना पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई पक्राउ गरेको हो ।

भारतबाट पैदल आउँदै गरेका उनले हरियो खुर्सानीको बोराभित्र लुकाएको डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि पठाइएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै