ट्रेन्डिङ

चेक अनादर मुद्दामा ५०० रुपैँया जरिवाना सजाय पाएका एक जना पक्राउ

वीरगन्ज । बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको टोलीले उनलाई आज पक्राउ गरेको हो ।

चेक अनादर मुद्दामा ५०० रुपैँया जरिवाना सजाय पाएपश्चात फरार भएका एक जना प्रतिवादीलाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

पक्राउ पर्नेमा कलैया–२७ बिजुलपुर बस्ने अभिषेक सहनी छन् । उनलाई प्रहरीले लुकीछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कलैयामा उपस्थित गराइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै