वीरगन्ज । जनमत पार्टीले पुष १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवका अनुसार जनमत पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस मनाउने निर्णय भएको हो । सोहीका लागि आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर कार्यक्रम गर्न आग्रह गरिएको छ ।
उनी भन्छन्, ‘१७ गते बुधवारको दिन जनमत पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर कार्यक्रम गर्न हुन जानकारी गराउँछौ ।’