ट्रेन्डिङ

प्रधानमन्त्रीलाई पर्सामा नागरिक अभिनन्दन

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्सामा नागरिक अभिनन्दन गरिएको छ । सखुवा प्रसौनी गाउँपालिकाको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरिएको हो ।

पर्सा क्षेत्र नं. ३ का सांसद एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले उनलाई ५१ किलोको माला लगाएर सम्मान गरेका हुन् ।

सखुवा प्रसौनीको औराहा पँचगावामा नेकपा एमाले पर्साले आज पार्टी प्रवेश तथा जनसभा आयोजना गरेको छ । सोही कार्यक्रममा प्रमुख अतिथिका रुपमा सरिक हुन प्रधानमन्त्री ओली आज यहाँ आएका हुन् ।

कार्यक्रममा मधेस सरकारका खेलकुद मन्त्री प्रमोद जैसवाल, नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव, पूर्वमन्त्री ज्वाला साह लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै