वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली पर्सा आइपुगेका छन् । उनी केहिबेर अर्थात् साढे १ बजे यहाँ आइपुगेका हुन् ।
एमाले पार्टी कार्यालय पर्साले राखेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन उनी जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा आएका हुन् ।
राजधानी काठमाण्डौँबाट निजी हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली सिधै कार्यक्रमस्थलमा ‘ल्याण्ड’ भएका छन् । मध्यान्ह साढे १२ बजे नै प्रधानमन्त्री यहाँ भनिएकोमा एक घण्टा ‘डिले’ भएको हो ।
सखुवाप्रसौनी गाउँपालिकाको औराहा पचगाँवामा पार्टी प्रवेश तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली यहाँ आएका बताइन्छ ।
यसैबिच प्रधानमन्त्री उपस्थित कार्यक्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको सुरक्षामा व्यापक प्रहरी परिचालन गरि सुरक्षा चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनको सुरक्षामा जिल्लाभर करिब ६०० को हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् ।
यसैबिच प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा सुरक्षा व्यवस्था दरिलो । फोटो : बिशाल पटेल