वीरगन्ज । पर्साको जगरनाथपुर गाँउपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाँउपालिकाको वडा नम्बर ४ सुहपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्राङगणमा निशुल्क आँखा तथा कान शिविर सम्पन्न भएको जनाइएको छ । केडिया आँखा अस्पतालको आयोजना तथा दाइजो एवम् सामाजिक कुरीतिविरुद्ध जागरण मंचको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा ५५६ जनाको आँखाको चेकजाँच गरिएको छ । जसमध्ये १८५ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ । यस्तै ६४ जनाको कानको जाँच गरिएको थियो । भने १६९ जनालाई ‘ईयर ड्रप’ प्रदान गरियो ।
जनमत पार्टीका बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केडिया आँखा अस्पतालका डा. रासदेव साह, युवा नेता अमर सिंह राठौर, सुहपुर स्कुलका प्राधानाध्यापक मणिभूषण दुवेदी लगायतको उपस्थिति थियो ।