ट्रेन्डिङ

पर्साको सखुवाप्रसौनीमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रमको तयारी पुरा

२५ हजार सर्वसाधारण आउने दाबी

वीरगन्ज । नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले आफ्नो पार्टीमा राम्रो ब्यक्ति ल्याउने प्रयास गरेको बताएका छन् ।

आइतवार पर्साको सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर पँचगावामा आयोजना गर्न लागिएको पार्टी प्रवेश कार्यक्रमका बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बो्धन गर्दै श्रेष्ठले उनले यस्तो बताएका हुन् ।

उनले पार्टीमा राम्रा मान्छे प्रवेश गराउने भन्दै गर्दा केही राम्रो प्रवृति नभएकाहरु पनि प्रवेश हुन सक्ने कुरालाई अस्वीकार भने गरेनन् । उनले भने, ‘राम्रो नराम्रो हुने कुरा सामान्य जस्तो भएपनि राम्रोको पक्षमा हाम्रो ध्यान जानेछ ।’

पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले मधेशको बिकासका लागि ठोस योजना बनाएर अगाडि बढ्ने पार्टी भएकोले पार्टीलाई समेत बलियो बनाउन आवश्यक रहेको बताए । उनले मधेशको बिकासमा नेकपा एमालेका र त्यसको अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कोशी मरिन डाइर्भसन सिचाई परियोजना, हुलाकी राजमार्ग, मधेशका जिल्लाका सदरमुकामहरुको सघन शहरीकरणका बिषयमा गरेको काम स्मरणीय रहेको बताए ।

नेता श्रेष्ठले पार्टी प्रवेश कार्यक्रमका सन्दर्भमा चर्चा गर्दै पाँच हजार ब्यक्ति एमालेमा प्रवेश गर्ने र प्रधानमन्त्री ओलीलाई सुन्न २५ हजार नागरिक कार्यक्रममा उपस्थित हुने दाबी गरे ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका नेताहरु प्रभू हजरा, राजकुमार गुप्ता, निर्मला देवकोटा, पार्टीका प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, जिल्ला अध्यक्ष डा.बिश्वम्भर शर्मा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

सखुवाप्रसौनीमा हुने कार्यक्रममा सोही गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल लगायतका नेता तथा कार्यकर्ताहरुको एमाले प्रवेशको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै