ट्रेन्डिङ

सप्तरी प्रहरीद्वारा अल्पसंख्यकसंग प्रहरी कार्यक्रम सम्पन्न

सप्तरी । सप्तरी प्रहरीले अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार अल्पसंख्यक समुदायहरुको बसोबास रहेको राजविराज नगरपालिका वडा नम्बर १५ स्थित रहेको मुसहरनिया टोलमा कार्यक्रम सम्पन्न गरेको हो ।

सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय अल्पसंख्यकको बाक्लो रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   

कार्यक्रममा प्रहरीले दिने सेवा र कार्यप्रति सन्तुष्ट रहेको बताइएको छ । कार्यक्रममा उपस्थित अधिकांशले जिल्ला प्रशासन कार्यालय सप्तरी  तथा स्थानिय निकायको कामकारबाहीमा समस्या र कमिकमजोरी रहेको गुनासो समेत गरेका थिए ।

प्रहरी उपरीक्षक खतिवडाले जनताबाट आएको गुनासो र समस्या समाधानको लागी जिल्ला प्रशासन कार्यलय,स्थानिय निकायसँग आवश्यक समन्वय गरिने आश्वासन दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै