वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिकामा न्यानो वितरण गरिएको छ । गाउँपालिकाको रामजानकी मठस्थित हरैयामा न्यानो वितरण गरिएको हो ।
लायन्स क्लव अफ वीरगन्ज मिलेनियमको आयोजनामा आज चिसोमा केहि रातह पु¥याउने उद्देश्यले कम्बल वितरण गरिएको हो । एक कार्यक्रमको आयोजना गरी एक सय परिवारलाई कम्बल उपलब्ध गराइएको समाजसेवी प्रकाश थारुले बताए ।
उनका अनुसार गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।
उद्योगपति बिरेन्द्र संघाईको प्रमुख आतिथ्यता एवम् बिनोद खण्डेलवालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जय खण्डेवाल, रोशन गुप्ता, आनन्द रुङ्टा, अमित सर्राफ, उषा साह, ब्रह्मनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।