ट्रेन्डिङ

माघेसङक्रान्तिका लागि मधेसका जिल्लामा मिठ्ठा र तिलको कारोबार सुरु

महोत्तरी । मकरसंक्रान्ती (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै पर्सासहित मधेशका जिल्लामा मिठ्ठा (सख्खर) र तिलको कारोबार सुरु भएको छ । आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त देखिएका छन् ।

पर्वमा ‘लाई’ बनाइने तिल दुई/तीनपटक फलेर (तिललाई पानीमा भिजाएर भुस निकाल्ने) राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम गृहिणीले केही साता पहिले नै सुरु गर्ने प्रचलन छ ।
तिल र उखु उत्पादक किसानहरूसमेत अरू काम थाती राखेर आजभोलि तिल चुट्ने, निफन्ने र उखु पेलेर सख्खर बनाउने काममा व्यस्त देखिन्छन् । बर्दिबास–२ की फूलमाया मगरलाई पनि अचेल यस्तै चटारो छ ।

चाँडै बजार पु¥याउन नसकिए उत्पादनको राम्रो मूल्य नपाइने भएकाले आफूहरू अरू काम छोडेर यसैमा लागेका उनी बताउँछिन् । उनका अनुसार आधा पुस त जानै लाग्यो, अब पुस २० अघि त तिल बेच्न नभ्याएपछि भाउ पाइँदैन”, मगर भन्नुहुन्छ, “त्यसैले अहिले अरू काम थाती राखेर परिवारै तिल बनाउन लागेको उनको भनाइ छ ।

यसपालि पाँच कट्ठा जग्गामा बटैया तिलखेती गर्नुभएकी मगरको यही बेचेर घरका लागि आवश्यक सामानकामे जोहो गर्ने योजना छ । राम्ररी निफनिएको तिल प्रतिकिलोग्राम चार सयमा बिक्री भइरहेको उनले जानकारी दिइन् ।

यसैगरी, उखुखेती किसान पनि अहिले धमाधम उखु पेलेर मिठ्ठा पकाउन व्यस्त छन् । राम्रो मिठ्ठा प्रतिकिलोग्राम रु एक सय २० को हाराहारीमा बिक्री भइरहेको हुँदा उखु पेलेर मिठ्ठा बनाउने काममा जुटेको भङ्गाहा–४ प्रेमनगरका सुफल महतो बताउछन् । यसपालि १० कठ्ठामा उखुखेती गर्नुभएका महतोको पुस तेस्रो साताभित्रै धेरैजसो उखु पेलिसक्ने योजना छ ।

गरिब किसानले यहाँ तिलासक्रायत पर्व आफ्नो उत्पादनले राम्रो भाउ पाउने अवसरका रूपमा लिन्छन् । तिल, सख्खरका अतिरिक्त यस पर्वमा सख्खरखण्ड सुठुनी, तरुल, मास, पिँडालुुलगायत फसल बढी प्रयोग हुने हुँदा किसानहरू लाभान्वित हुने गरेका छन् । रासस

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै