महोत्तरी । सशस्त्र प्रहरी प्रहरी बल नेपाल (एपीएफ) र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बिचको बैठक मधेस प्रदेशको महोत्तरी जिल्लामा हुने भएको छ ।
एपीएफ र एसएसबीको नियमित हुने सीमा सुरक्षा सम्बन्धी बैठक आज जिल्लाको बर्दिबासमा बस्ने भएको हो ।
नियमित सीमा सुरक्षा सम्बन्धी डीआइजी स्तरको बैठक बस्न लागेको हो । बैठकमा भारततर्फका डीआईजीहरु राजेश टिकु, सुरेश सुप्रमनियम र दिपक कुमारसहित मधेश प्रदेश प्रहरीसहित जिल्लाका प्रमुखहरूको सहभागीता रहने जनाइएको छ ।
उनले ६÷६ महिनामा नियमित काउन्टर पास बैठक बस्न लागेको बताए । दुवैतिर आलोपालो बस्ने सहमति अनुसार यो पटक बर्दिबासमा बस्न लागेको जनाए ।
सीमा आर–पार हुने विभिन्न आपराधिक घटनाहरूमा मिलेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । खुल्ला सिमानाका कारण अवैध रूपमा हुने तस्करी नियन्त्रणको विषयमा छलफल हुने बताइएको छ ।
पछिल्ला दिनहरूमा तस्करी नियन्त्रणको क्रममा गस्तीमा रहेका नेपाली तथा भारतीय सुरक्षा कर्मीहरूको हत्या गर्ने क्रम बढेको छ । यस्ता घटनाले सीमा सुरक्षामा चुनौती थपिएकाले मदिरा तस्करीका विषयमा संवेदनशील रूपमा छलफल हुने बताइएको छ ।