वीरगन्ज । मधेस प्रदेश सरकारले सवारीसाधनको कर तथा जरिवानामा लाग्ने शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।
मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे ।
ऐन अन्तर्गत सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृतद्धारा जारी सूचनामा भनिएको छ ।
सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा १०० प्रतिशत छुट दिने उल्लेख छ ।