काठमाडौं । ९२ लाख नगदसहित पक्राउ परेका तीन मध्येका मुख्य व्यक्ति रवि धमला सिन्धुलाल्चोकस्थित चौतारा कारागारबाट भागेका व्यक्ति रहेको खुलेको छ ।
दुई फरक ठाउँबाट मंगलबार राति ९२ लाख रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । यसका मुख्य व्यक्ति रवि धमला रहेको प्रहरीले जनाएको छ ।
अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरेको कमान्डमा खटिएको टोलीले ९२ लाख रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका धमलासँगै रसुवा घर भएका जीतबहादुर तामाङ र सङ्खुवासभा घर भएका सन्तोष खाती छन् ।