ट्रेन्डिङ

एनपीएलको खेल सकिएपछि युवकमाथि भएको आक्रमणबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाण्डौँ । कीर्तिपुर मैदानमा एनपीएलको खेल सकिएपछि युवकमाथि भएको आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेल सकिएपछि खेल मैदान बाहिर उक जना युवकमाथि भएको सांघातिक आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

हिजो एनपीएलको अन्तिम खेल सकिएपछि त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहमाथि कुटपिट गरेका थिए ।

यु–१९ समूहमा क्रिकेट समेत खेल्ने सिंहको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको छ । दरबार हाइस्कुलमा १२ कक्षामा पढ्ने अमनको वीर अस्पतालमा उपचार हुँदैछ ।

जनकपुर बोल्ट्सले जितेपछि उनी विरुद्ध अन्य टिमका समर्थकले कुटपिट गरेको आरोप लागेको छ । घटनाबारे छानबिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

उनलाई ‘मधेशी’ भनेर नश्लीय साम्प्रदायिक व्यवहार गरेको आरोप छ । भिडले कुटपिट लछारपछार गर्दा दुवै हात भाँचिएको भनेर मधेशी आयोगमा उजुरी परेको छ । उजुरीपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेशी आयोग स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै