ट्रेन्डिङ

जनकपुर बोल्टस्‌का समर्थकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न गगन थापाको आग्रह

वीरगन्ज । कीर्तिपुर क्रिकेट मैदानमा जनकपुर बोल्टस्‌का समर्थकमाथि आक्रमण गर्नेमाथि कारवाही गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आग्रह गरेका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलपछि जनकपुरका समर्थकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न उनले आग्रह गरेका हुन् । सामाजिक सञ्चालमा एक स्टाटस लेख्दै उनले वर्तमान सरकारसमक्ष यस्तो आग्रह गरेका हुन् ।

उनी लेख्छन्, ‘जनकपुर बोल्टस्‌का समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रादायिक व्यवहार निकै दुख लाग्ने खालको छ । मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारवाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ । सरकारले यसमा तुरुन्तै कारबाही अगाडी बढाओस् । यी हरकतहरु कुनै पनि बहानामा स्विकार्न सकिदैँन । नो इफ नो बट ।’

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्टस्‌ले पहिलो संस्करणको एनपीएलको उपाधी जितेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै