वीरगन्ज । जनकपुर बोल्टस्ले एनपीएलको पहिलो संस्करण जितेको खुसीमा पर्साको पोखरीया नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । पालिकाले एक सूचना जारी गर्दै एक दिन सार्वजनिक बिदा दिएको जनाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले जीतको खुसीमा पालिका अन्र्तगतका वडा कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्था, स्वास्थ्य चौकीमा कामकाज बन्द गरिएको बताए । उनका अनुसार अत्याश्वक सेवा भने सूचारु छन् ।
हिजो कीर्तिपुर मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बिजयी भएको थियो । जितसँगै वीरगन्जसहित मधेस प्रदेशभर नै आज बिजय उत्सव मनाइँदैछ ।