ट्रेन्डिङ

मधेसी युवामाथि भएको आक्रमण घटनामा जनमत पार्टीको आपत्ती

वीरगन्ज । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलपछि कीर्तिपुर क्रिकेट मैदानमा मधेशी युवामाथि भएको आक्रमणको घटनामा जनमत पार्टीले आपत्ती जनाएको छ । जनमत पार्टीले आज एक विज्ञप्ती जारी गर्दै यस्तो आपत्ती जनाएको हो ।

पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले एनपीएल बिजेता जनकपुर बोल्टस्‌ समर्थकले काठमाडौँमा विजय उत्सव मनाइरहँदा मधेशी समुदायलाई लक्षित गरी केही युवाले अपमानजनक शब्द प्रयोग गरी कुटपिट गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए ।

त्यस्ता रंगभेदी गतिविधि गर्ने व्यक्तिहरुको पहिचान गरी कानुन बमोजिम कारबाही गर्न पार्टीले माग समेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘एनपीएलको फाइनल खेलपछि काठमाण्डौँ विजय उत्सव मनाईरहेका जनकपुर बोल्टस् समर्थक मधेसी समुदायका मान्छेहरुलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरुद्धारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिटप्रति जनमत पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी गृह प्रशासनले कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नको लागि जनमत पार्टी जोरदार माग गर्दछ ।’

पार्टीले एनपीएल पहिलो संस्करण बिजेता टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायत सम्पूर्णलाई बधाई समेत ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै