ट्रेन्डिङ

एनपीएल : जनकपुर बोल्टर्सको जितमा बाराको निजगढमा मोटरसाइकल र्‍याली

वीरगन्ज । जनकपुर बोल्टस्‌ले पहिलो नेपाल प्रिमिएर लिग(एनपिएल) जितेको खुसीयालीमा बारामा मोटरसाइकल र्‍याली निकालिएको छ । बाराको निजगढ नगरपालिकामा आज बिहान मोटरसाइकल र्‍याली निकालिएको हो ।

निजगढ क्रिकेट क्लवले पूर्व–पश्चिम सडकखण्ड अन्र्तगत भमरापुलदेखि बकैयापुलसम्म मोटरसाइकल र्‍यालीको आयोजना गर्दै बिजयोत्सव मनाएको क्लवका अध्यक्ष निर्मल सापकोटाले बताए ।

उनका अनुसार मोटरसाइकल र्‍यालीमा क्लवका अध्यक्ष सापकोटासहित उपाध्यक्ष प्रशान्त लामा र सचिव बालकृष्ण हुमागाईँ लगायत ठूलो सङख्यामा क्रिकेट प्रेमी युवाहरुको उपस्थिती थियो ।

यस्तै जनकपुरले एनपीएल जितेको खुसीमा मधेसमा आज बिजयोत्सव मनाइदैँछ । भने कतिपय पालिकामा सार्वजनिक बिदा समेत दिइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै