वीरगन्ज । ढुंगाले हानेर महिलाको हत्या गरेको आरोपमा सर्लाहीमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारीबथान निवासी ४८ वर्षीय बीरबहादुर मोक्तान रहेका प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई पक्राउ गरेको हो ।
उनीमाथि लालबन्दी नगरपालिका वडा नम्बर १५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको आरोप छ ।
वीरबहादुरले मंसिर २८ गते राति ढुंगा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको आज लालबन्दीस्थित म्याक्स अस्पतालमा मृत्यु भएको प्रहरी बताउँछ ।