ट्रेन्डिङ

जनकपुर बोल्टर्सलाई प्रधानमन्त्रीको सम्मान

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) बिजेता टोली जनकपुर बोल्टर्सलाई सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आज भएको कार्यक्रममा एनपीएल पहिलो संस्करणको बिजेता जनकपुर बोल्टर्सलाई उनले सम्मान गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ ज्ञापन गरे ।

हिजो कीर्तिपुर क्रिकेट मैदानमा भएको एनपीएलको फाइनल खेलामा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पछि पार्दै जनकपुरले उपाधी हात पारेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे ।

आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतिको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको सुनाउँदै उनले खेल क्षेत्रको विकासका लागि हरतरिकाले सहयोग गर्ने अवगत गराए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै