ट्रेन्डिङ

एनपीएल उपाधी बिजेता टोली जनकपुरलाई एक करोड १० लाख रुपैँया

काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्सलाई स्तब्ध पार्दै जनकपुर बोल्ट्सले उपाधिमाथि कब्जा जमाएको हो । १ सय ८५ रनको लक्ष्य जनकपुरले १९ ओभर २ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।

यसअघि दुई चोटी जनकपुरलाई हराएको सुदूरपश्चिम फाइनलमा भने ५ विकेटले पराजित हुन पुग्यो । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, दोस्रो हुने सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने कर्णाली याक्सले २५ लाख रुपैयाँ तथा चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ । क्यानले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता योसँगै समाप्त भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै