वीरगन्ज । वीरगन्जस्थित आशा किरण केन्द्रको दशौँ वार्षिकोत्सव सम्पन्न भएको छ । सिद्धार्थ माविको प्राङगणमा केन्द्रको वार्षिकोत्सव सम्पन्न भएको हो ।
सुस्त मनस्थिति, मस्तिष्क पक्षघात, मान्सिक विकलांग बालबालिकाहरुको स्याहारसुसार गर्ने संस्था आशा किरण केन्द्र हो ।
संस्थाका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा भएको कार्यक्रममको प्रमुख अतिथि संगीतकार आनन्द कार्कीले पानसमा बत्ती बालेर शुभारम्भ गरे । आशा किरणका बालबालिकाहरुले आफ्नो चित्रकला प्रस्तुतीकरण, नृत्य संगीत प्रस्तुत गरेर पाहुनाको स्वागत गरेका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथि वीरगन्जका पूर्व मेयर बिजय कुमार सरावगी, क्वेष्ट फर्मास्विटीकल्सका प्रमुख पृथ्वीराज भन्डारी, एस.पि. वर्मा, गणेश प्रसाद लाठ, रमेश अग्रवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थामा रहेका बालवालिकाहरुको बिकासका लागि सबै एकजुट भइ अघि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए । उनीहरुले केन्द्रका बालबालिकाको भविष्यका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्ने र आजिवन सदस्य प्राप्त गर्नेलाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । केन्द्रका महासचिव राजन श्रीवास्तवले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण उज्जवल कुमारले गरेका थिए ।
कार्यक्रममा मानवसेवा आश्रमका देवेश गुप्ता, बहुदरमाइका राकेश यादव, राकेश मिश्र, रोट्राक्टका अनिल जयसवाल, लेडिज सर्कलकी रश्मी दास, रेणु अग्रवाल, सपना अग्रवाल, नुतन सरावगी, अफ्शाना खातुन, चन्दन सिंह, हरिओम साह, अनिशकान्त कुश्वाहा, रामबिनय यादव, प्रकाश कर्ण, किरण परियार, ग्यासुदिन ठकुराइ, सिन्धु कुश्वाहा, अनिल चौधरी, प्रभात पन्जियार लगायतको उपस्थिति रहेको बताइएको छ ।