वीरगन्ज । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले निरन्तरको पत्रकारीता तालिमले पत्रकारीतामा निखार ल्याउन मद्दत पुुग्ने बताएका छन् ।
पब्लिक हेल्थ स्टोरी पत्रिकाले आयोजना गरेको एक दिने आधारभूत पत्रकारीता तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै अध्यक्ष भण्डारीले पित पत्रकारीताको अन्त्यका लागि खोजमूलक समाचार लेखनमा ध्यान दिनुपर्ने उनको धारणा छ ।
तालिममा रेडियो नेपालका पर्सा सम्वाददाता चन्द्रिका पटेलले प्रशिक्षण दिएका थिए ।
नागरिक समाजका श्रवण बहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मनोज मिश्राले विद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गरे
कार्यक्रममा २० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।