रौतहट । जुवातास खेलिरहेको अवस्थामा रौतहटबाट चार जना पक्राउ परेका छन् । जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ स्थितबाट चार जना जुवाडे पक्राउ परेका हुन् ।
स्थानीय सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ७ सय १५ रुपैयाँ समेत बरामद गरेको जानकारी दिएको छ ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनायो ।