ट्रेन्डिङ

क्रियाशील सदस्यताको अवस्था बुझ्न काग्रेंसले सात प्रदेशमा खटायो तीन नेता, मधेसमा कसलाई जिम्मा ?

काठमाण्डौँ । नेपाली कांग्रेसका तीन नेतालाई क्रियाशील सदस्यता प्रदेशगत अवस्था बुझ्न सात प्रदेशको जिम्मेवारी दिइएको छ ।

सदस्यता व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सात प्रदेशका लागि केन्द्रीय सदस्यहरु सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरीलाई जिम्मेवारी तोकेको हो ।

जसअनुसार बागमती र गण्डकीका लागि गुरुङ, मधेश र र लुम्बिनी रसाइली र कोशी कर्णाली र सुदूरपश्चिमका लागि चौधरीलाई खटाइएको छ । जिम्मेवारी पाएका नेताले सदस्यता वितरणको समस्या पहिल्याउने छन् ।

नयाँ र नवीकरणको फर्म उपल्लो तहले तल नपाउने प्रवृत्ति रहेकाले त्यसलाई हटाउने गरी छलफल भएको केन्द्रीय सदस्य रसाइलीले जानकारी गराए । जिल्ला वा प्रदेश सभापतिले सदस्यताका फर्महरु तल नपठाएर नयाँ र नवीकरणको काम रोकिएको भेटिएको अवस्था केन्द्रले हस्तक्षेप गर्ने रसाइलीले बताए । पार्टीभित्रको गुटका कारणले सदस्यता वितरण र नवीकरण रोकिएको भए केन्द्रले नै सिधै तल पठाउने नीति लिने रसाइलीले जानकारी गराए ।

महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति बनेको छ । कात्तिकमा गठन भएको समितिको यस विचमा दुईपटक बैठक बसेको छ । समितिले क्रियाशील सदस्यताको विवाद र समस्या मुख्य गरी मधेसमा रहेको जनाएको छ ।

कांग्रेसको विधान अनुसार महाधिवेशन हुने वर्ष नयाँ सदस्यता वितरण र नवीकरण गर्न नपाउने व्यवस्था छ । १४ औं महाधिवेशनमा कांग्रेसका आठ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्य थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै