ट्रेन्डिङ

पावरहाउस–विन्दवासिनी सडकखण्डमा विहान र बेलुका ‘हेभी’ सवारीसाधन प्रवेशमा रोक लगाउन कांग्रेस युवा नेता यादवले गरे माग

वीरगन्ज । पर्साको हुलाकी राजमार्गमा एक लेनको सडकमा ‘हेभी’ सवारीसाधन प्रवेशमा रोक लगाउन माग गरिएको छ ।

कांग्रेस युवा नेता राकेश यादवको नेतृत्वको समूहले बढ्दो सवारी दुर्घटना न्यूनीकरण लागि विहान र बेलुका हुलाकी राजमार्गमा हेभी सवारीसाधन प्रवेशमा रोक लगाउन माग गरेको हो ।

युवा नेता यादवले बुधबार पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेल र ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टलाई एक ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

ज्ञापन पत्रमा लेखिएको छ, ‘ हुलाकी राजमार्ग अन्र्तगत पोखरीया, बिन्दबासीनी वीरगन्ज जोड्ने सडक आइसीपीभन्दा पश्चिम एक लेन र बहुअरी चोकभन्दा पूर्वमा समेत एक लेनको छ, यहाँ दुर्घटनाको उच्च जोखिम उच्च छ । त्यसकारण बिहान ८ देखि १० र बेलुकी ५ देखि ७ बजेसम्म उक्त सडकखण्डमा मालवाहक सवारीहरु ट्रक, टिपर तथा बसको आवागमन बन्द गर्नुपर्छ ।’

युवा नेता यादवको नेतृत्वमा गएको टोलीले बढ्दो सवारी चाँप तथा सडकको उचित व्यवस्थापन नहुँदा निम्तिएका समस्याबारे पर्सा प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

सो टोलीले चार बुँदे माग राख्दै समस्या समाधानका लागि पहल गरिदिन प्रहरीको ध्यानाकर्षण गराएको जनाइएको छ । सवारी चेक गर्ने, ओभरटेक गर्दै सवारी चलाउनेलाई कारवाही गर्न लगायतका माग अघि सारिएको छ ।

ज्ञापनपत्र बुझाउने जाने टोलीमा नेपाली कांग्रेसका युवा अशोक कुमार रौनियार, प्रकाश रौनियार, सुनिल कुमार रौनियार लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै