ट्रेन्डिङ

सर्लाहीका तीन पालिकामा उखु संकलनका लागि तौल काँटा राख्न नपाइने

सर्लाही । सर्लाहीमा उखु संकलनका लागि तौल काँटा राख्न रोक लगाएका छन् । जिल्लाका तीन पालिकामा उखु सङ्कलनका लागि तौल काँटा राख्न रोक लगाएका हुन् ।

जिल्लाका बलरा नगरपालिका, गोडैता नगरपालिका र रामनगर गाउँपालिकाले पालिका मातहतका चिनी उद्योगलाई तौल काँटा राखेर उखु सङ्कलन गर्न निषेध गरेका हुन् ।

चिनी मिलले उखु तौल काँटा राख्दा किसान ठगिने तर बिचौलिया भने मालामाल हुने गरेको भन्दै ती पालिकाहरुले उखु तौल काँटा राख्न नपाइने भएको हो । तीनैवटा पालिकाहरुले आफू मातहतका पालिकामा काँटा राखेर उखु जोख्ने र मिल आफँैले गाडी पठाएर उखु उठाउने कार्यसमेत बन्द गराएका छन् ।

चिनी उद्योगले काँटा राख्दा बिचौलिया सक्रिय भएर उखुको तौलमा ठगी गर्ने र किसानलाई सरकारले निर्धारण गरेको उखुको मूल्यभन्दा कम मूल्य दिएर ठगी गर्ने गरेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले बताए । बिचौलियाले किसानलाई सरकारले तोकेभन्दा थोरै मूल्य राखेर नगदै पैसा दिने र उक्त उखु आफ्नो नाममा लेखाएर सरकारी अनुदानको रकमसमेत खाने गरेको पाइएको उनको भनाइ छ ।

पालिकाले निषेध गरेपछि जिल्लाभित्र तथा बाहिरी जिल्लाका कुनै पनि चिनी उद्योगले यस वर्षदेखि बलरा, गोडैता र रामनगरमा उखु तौल काँटा राख्न पाएका छैनन् ।

किसानले आफैँ सवारीसाधनको व्यवस्था गरी आफूलाई इच्छा लागेको मिलमा लगेर उखु बेच्दै छन् । केही किसानले भने स्थानीय नेताबाट तौल काँटा राख्न नदिने र चिनी मिलसँग पैसा लिएर आफूले भनेकै चिनी मिलमा लगेर उखु दिन बाध्य पारिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै