ट्रेन्डिङ

वीरगन्जका दुवै भन्सार कार्यालयहरुबाट अब बिहान ५ बजेदेखि रातको ११ बजेसम्म सेवा

वीरगन्ज । वीरगन्जका भन्सार कार्यालयहरुले आफ्नो सेवा अवधि समय थप गरेका छन् । वीरगन्ज भन्सार कार्यालय र एकीकृत सुरक्षा जाँच चौकी (आइसीपी) यी दुवै कार्यालयहरुले आफ्नो सेवा अवधि दुइ घण्टा थप गरेका हुन् ।

भन्सार कार्यालयहरूले बिहान र बेलुका गरी एक/एक घण्टा समय थपेको जनाइएको छ । जसअनुसार अब कार्यालयहरुबाट बिहान ५ बजेदेखि राति ११ बजेसम्म सेवा पाइनेछ । यसअघि कार्यालयहरू बिहान ६ बजेदेखि राति १० बजेसम्म सूचारु रहन्थे ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले भन्सार समय विस्तारको निर्णय गरेको हो । निर्णयसँगै वीरगञ्ज भन्सार नजिकै रहेको गेट बिहान ५ बजेदेखि राति ११ बजेसम्म खुल्ने जनाइएको छ ।

भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार विस्तारित समयावधिमा बैंक तथा अन्य सेवा पनि सुचारु रहनेछन् । उनका अनुसार यो निर्णयले व्यापारी तथा यात्रु दुबैलाई सहजता मिल्ने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै