सर्लाही । सर्लाहीका एक जना पूर्ववडाध्यक्षको निधन भएको छ । जिल्लाको बलरा नगरपालिका वडा नम्बर ४ का पूर्ववडाध्यक्ष केशव झाको निधन भएको हो ।
उनको ८५ वर्षको उमेरमा आज निधन भएको हो । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उनको उपचारका क्रममा निधन भएको उनका परिवारजनले बताएका छन् ।
समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिए । वि।सं २०५६ मा बलरा गाविस अध्यक्ष पदमा निर्वाचित भएका उनी विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बलरा नगरपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । झाका श्रीमती, एक छोरा र चार छोरी छन् ।