ट्रेन्डिङ

विद्युत् सर्ट भई आगलागी हुँदा १० लाखको क्षति

महोत्तरी । विद्यत् सर्ट भई आगलागी हुँदा महोत्तरीमा एक पसलमा १० लाख मूल्य बढीको क्षति भएको छ ।

जिल्लाको औरही नगरपालिका वडा नम्बर १ स्थित औरहीबजारको एक पसलमा गएराती आगलागी भएको थियो । फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा विद्युत् सट भई आगलागी भएको भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट १० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा आगलागी भएको हो ।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै