ट्रेन्डिङ

अर्नाको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरी । अर्नाले आक्रमण गर्दा सप्तरीमा एक जनाको मृत्यु भएको छ । बुधबार कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले  आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ बस्ने ७६ बर्षिय  शुभेलाल मण्डल रहेका छन् ।

अर्नाको आक्रमणमा परी गम्भीर घाइते भएको मण्डललाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्युु भएको परिवारका एक सदस्यले बताए ।

मण्डल खेतमा काम गरिरहेका बेला अचानक अर्नाको आक्रमणमा परेका थिए ।

मृतकको शवलाई पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज लगिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै