वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गरिएको छ ।
पत्रकार महासंघ पर्सा शाखामा आयोजत एक कार्यक्रमबिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बुधबार प्रमाणपत्र वितरण गरिएको हो । पत्रकार महासंघ पर्सा शाखाले गठन गरेको निर्वाचन समितिले पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।
कार्यक्रममा सहभागी वक्ताहरुले अब पत्रकारहरुमा शुद्धिकरणको समय आएको बताएका छन् । वक्ताहरुले भनेका छन्, ‘पछिल्लो समय वीरगन्जको पत्रकारिता धेरै बिग्रिदै गएको छ, पत्रकारको नाममा दलाली बढी भइरहेको छ । त्यसकारण यो शुद्धिकरण जरुरी छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी, पूर्वसचिव दीपेन्द्र चौहानसहितकाले आफ्नो धारणा राखेका थिए । यही मंसिर २८ गते पर्सा जिल्ला शाखामा निर्वाचन भएको थियो । लामो समय पश्चात पर्सामा चौतारीको पोल्टाबाट महासंघको नेतृत्व खनालले हात पारेका छन् ।
पर्सा महासंघको अध्यक्षमा निर्वाचित खनाल आर्थिक बिटमा कलम चलाउँदै आएका छन् । मंसिर २८ गते सम्पन्न चुनावमा प्रेस युनियन र प्रेस चौतारीले गठबन्धनतर्फबाट उम्मेदवार बनेका अनुप तिवारीले ७५ मत पाएका थिए । भने प्रेस सेन्टर समर्थित उम्मेदवार खनालले ८५ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्ष पदमा भूषण यादव तथा निलिमा पौडेलले जित हात पारिन् । सचिवमा विजय चौहान, सहसचिव समावेशीमा एसके चौरसिया, सहसचिव खुला पदमा अजयकुमार चौरसिया विजयी, कोषाध्यक्ष पदमा सञ्जीवकुमार मिश्र, महिला सदस्य पदमा भने कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजितकुमार भुजेल र मधेसी सदस्यमा आरोहण साहको बिजयी भएका हुन ।
अन्य समावेशी सदस्यमा प्रकाशकुमार तिवारी पनि विजयी, खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेन्द्र झा निर्वाचित भए ।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु निर्वाचित भएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालले प्रमाणपत्र बितरण गरेका हुन ।
नेपाल पत्रकार महासंघ पर्सा शाखामा कुम १ सय ६७ मतदातामध्ये १ सय ६१ जनाले मतदान गरेका थिए ।