वीरगन्ज । मधेस सञ्चार डटकमका सम्पादक केसी लामिछाने नेपाल पत्रकार महासंघको लेखा समिति संयोजकमा बिजयी भएका छन् । रमेश विष्ट प्यानलका ध्रुव कुमार रावललाई पराजित गर्दै उनी बिजयी भएका हुन् ।
महासंघको यहि २८ गते सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार लामिछानेले झण्डै दोब्बर मत अन्तरले निर्वाचित भएका हुन् ।
प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलका उम्मदेवार लामिछानेले चार हजार १९४ मत प्राप्त गरे भने प्रेस युनियनको विद्रोही रावलले दुइ हजार ४२० मत पाए । रावललाई प्रेस सेन्टर, समाजवादी प्रेस संगठनसहित मधेस केन्द्रीत दलले समर्थन गरेका थिए ।
लेखा समिति संयोजकमा निर्वाचित लामिछाने यसअघि २०७० सालमा पत्रकार महासंघका पर्साका कार्यसमिति सदस्य, २०६४ सालमा महासंघ पर्साका सचिव बनिसकेका छन् ।
यसैगरी उनी नेपाल पत्रकार महासंघ पर्साको नेतृत्व गर्दै २०६७ अध्यक्ष पदमा निर्वाचित भएका थिए । यस्तै २०७४ सालमा उनी पत्रकार महासंघ मधेस प्रदेश उपाध्यक्ष पदमा बिजयी भएका थिए ।
यस्तै उनी २०७७ सालदेखि पत्रकार महासंघको केन्द्रीय सदस्य पद सम्हाल्दै आएका थिए ।