ट्रेन्डिङ

रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो

काठमाण्डौँ । राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन बुझाइएको छ । जिल्ला प्रहरी कास्कीले उनीमाथिको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको कास्कीका डीएसपी बसन्त शर्माले बताए ।

रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो रहेको छ । प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ९ जना र अन्यलाई फरार प्रतिवादी बनाउन राय दिइएको डीएसपी शर्माको भनाइ छ ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोजन गर्न राय दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै