ट्रेन्डिङ

पत्रकार महासंघको चुनावमा मधेसमा गठबन्धन विपरीत नतिजा, चौतारी प्रदेशमा ‘क्लीन स्वीप’

वीरगन्ज । हाँलै सम्पन्न नेपाल पत्रकार महासंघको चुनावमा मधेसमा एमाले–कांग्रेस निकट पत्रकार संगठनहरुको ‘म्याजिकल नम्बर’ले काम गरेको छैन ।

दुइवटै भाृत संगठनहरुसंग हरेक जिल्लमा जित्ने आफ्नै भोट हुँदाहुँदै पनि त्यसको विपक्षमा नतिजा आएको छ ।
अर्थात् तीन जिल्लामा मात्रै गठबन्धन जित हासिल गर्न सकेको छ भने एक जिल्लामा कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन् ।

प्रेस युनियनले पाएको जिल्लाहरुमध्ये २ वटा गुमाउनु परेको छ भने चौतारीले पाएको तीनवठै जिल्लामा ‘क्लीन स्वीप’ भएको छ ।

मधेसमा प्रेस युनियनले गठबन्धनको तर्फबाट आफ्नो पोल्टामा ५ जिल्लाको नेतृत्व लिएको थियो ।
तर यसमध्ये तीन जिल्लामा मात्रै जित हात पार्न सकेको छ ।

प्रेस चौतारीले भने तीनवटा जिल्ला आफ्नो भागमा लिएर चुनावी मैदानमा उत्रेको थियो । तर त्यसमध्ये एउटा जिल्लामा पनि प्रेस चौतारीले जित हासिल गर्न सकेको छैन ।

अर्था्त कांग्रेसले पाएको जिल्लाबाहेक मधेसमा चौतारीले पाएको जिल्लामा आफ्नो उपस्थिति दर्ज गराउँनमा असफल रहेको देखिन्छ ।
प्रेस चौतारीले मधेसमा सिरहा, रौतहट र पर्सा जिल्लामा नेतृत्व पाएको थियो । तर यी तिनवटै जिल्लामा प्रेस चौतारीले हार व्यहोर्नु परेको छ ।

यसैगरी प्रेस युनियनले सप्तरी, जनकपुर, महोत्तरी, सर्लाही, र बारा जिल्ला आफ्नो भागबन्डामा पाएको थियो । जसमध्ये सप्तरी, धनुषा, सर्लाहीमा मात्रै जितेको छ ।

रौहटहमा भने चौतारीले भागबन्डामा पाए पनि कांग्रेसकै बागी उम्मेदवारले जितेका छन् ।

यसरी ८ जिल्लामध्ये गठबन्धनले तीन जिल्लामा मात्रै सकारात्मक नतिजा ल्याउन सकेको छ भने अन्य ५ जिल्लामा गठबन्धन विपरीतको जनादेश प्राप्त भएको देखिन्छ ।

यही अंक गणितलाई आधारमा मान्ने हो भने मधेसका आधा भन्दा बढी जिल्लामा गठबन्धन विपक्षका उम्मेदवारले जित हासिल गरेका छन् ।

मधेसका आँठ जिल्लामध्ये कांग्रेस निकट प्रेस युनियनले तीनवटा जिल्ला मात्रै गठबन्धनबाट जितेको देखिन्छ ।
जानकार अनुसार गठबन्धनमा आवद्ध दल निकटका भातृ संस्थाहरु मधेसमा बलियो भएतापनि अन्तरघातले लज्जास्पद तरिकाले हार व्यहोर्नु परेको छ ।

कहाँकहाँ गठबन्धन विपरीत नतिजा ?

मधेसमा पौने आँठ सयको हाराहारीमा पत्रकारहरु मतदाता छन् । जसमध्ये कांग्रेस निकट युनियनसंग करिब २३५ र प्रेस चौतारीसंग २१० जना मतदाता छन् ।

यसलाई जोड्ने हो भने ४४५ जना मतदाता हुन जान्छन्, जुन बुहमतका लागि काफी छ । तर यसको बाबजुद पनि अन्य चार जिल्लामा गठबन्धन विपरीत नतिजा आएको छ ।

मधेसमा खासगरी पर्सा, बारा, सिरहा र महोत्तरीमा गठबन्धन विपरीत नतिजा आएको छ । पर्सामा चौतारीले भागबन्डामा पाँए पनि यहाँ सेन्टर समर्थित उम्मेदवार ओमप्रकाश खनाल विजयी भएका छन् ।

यद्यपी, पर्सा जिल्लामा चौतारी आफै बलियो छ, त्यसमा पनि युनियन थपिएको छ । तर यसको बाबजुद पनि भोट ‘क्रस’ हुँदा सेन्टर समर्थित खनाल बाजी मार्न सफल भएका हुन ।

यसैगरी बारामा पनि युनियन र चौतारी बलियो छ । तर आफैमा नमिल्दा चौतारीसंग गठबन्धन युनियनले तोडेर माओवादी निकट सेन्टरसंग ग¥यो, जुन कारण बारामा गठबन्धन विपरीतको नतिजा आयो । यहाँ भने समाजवादीका रमेश सुवेदीले जीत हात पारेका छन् ।

यसैगरी सिरहामा मधेसवादी समर्थित स्वतन्त्र उम्मेदवार मनोज बनैताले जितेका छन् भने महोत्तरीमा पनि सेन्टर समर्थित उम्मेदवार महेसकुमार दास विजयी भएका छन् ।

एमाले निटकको प्रेस चौतारीको भागमा परेको तीनवटै जिल्लामा चौतारी भने ‘क्लीन स्वीप’ भएको छ ।
तर मधेस प्रदेशमा भने गठबन्धनकै उम्मेदवार श्याम बन्जारसहितको अधिकांशले जित हासिल गरेका छन् । उनी चौतारीको भागबन्डाबाट अध्यक्षमा लडेका थिए ।

मधेस प्रदेश पत्रकार महासंघका पूर्वउपाध्यक्ष केसी लामिछानेका अनुसार प्रदेशका अधिकांश जिल्लामा गठबन्धनबाट घात÷अन्तरघात भएको कारणले गर्दा नजिता सकारात्मक आउन नसकेको हो । ‘सबैजनाले इमान्दारितापूर्वक साथ दिएको भए गठबन्धन नै विजयी हुन्थ्यो,’ उनले भने ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै