ट्रेन्डिङ

नेपाल पत्रकार महासंघको अध्यक्षमा श्याम बञ्जारा निर्वाचित, को–को छन् नयाँ कार्यसमितिमा ?

वीरगन्ज । नेपाल पत्रकार महासंघ मधेस प्रदेशमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार बिजयी भएका छन् ।

महासंघको यहि २८ गते सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार मधेस प्रदेश अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । महासंघ मधेश अध्यक्षमा गठबन्धनतर्फका श्याम बञ्जारा निर्वाचित भएका हुन् ।

बञ्जाराले प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका संगठनका उम्मेदवार अवधेश झालाई ६७ मत अन्तरले पराजित गर्दै जित हात पारेका हुन् ।

जसअनुसार मधेस प्रदेशको निर्वाचनको अन्तिम मत परिणाम अनुसार बञ्जाराले ३१३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी झाले २४६ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा समेत प्रेस चौतारीकै उम्मेदवार ज्योती झा निर्वाचित भइन् । उनले आफ्नी प्रतिस्पर्धी हेम कुमारी बराल (सुनिता) लाई १४० मतको फराकिलो अन्तरले पारजित गर्दै उपाध्यक्ष पद ओगटेकी हुन् ।

यता महासचिवमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका संगठनका साझा उम्मेदवार शैलेन्द्र महतो (क्रान्ति) निर्वाचित भए ।  परिणाम अनुसार उनले ३९० मत ल्याए । भने उनका प्रतिद्वन्द्वी राजन सिंहले ३२१ मत पाए ।

त्यस्तै सचिवमा प्रेस सेन्टरका दिपक गौतम २६५ मत ल्याउँदै बिजयी भए । उनका प्रतिद्वन्द्वी नविन कुमार नवलले २५० मत प्राप्त गरेका छन ।

चुनावमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धन गरेका थिए । भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका ६ वटा संगठन सयुंक्त रुपमा चुनावमा होमिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै