ट्रेन्डिङ

सप्तरी : कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमा तालाबन्दी

सप्तरी । सप्तरीको कृषि सामग्री संस्थान कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमा तालाबन्दी गरिएको छ । जिल्लाको राजविराजस्थित कार्यालयहरुमा मंगलबार स्थानीयले तालाबन्दी गरेका हुन् ।

स्थानीय जनप्रतिनिधिहरुले मल वितरणमा ढिलासुस्ती तथा कालाबजारी गरेको भन्दै उनीहरुले तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएको बताएका छन् ।

ठुलो परिणाममा मल भण्डार गरी वितरण नगरेको विरुद्ध जिल्लाका विभिन्न पालिकाका प्रमुखहरुले कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनमा तालाबन्दी गरेका छन् ।

जिल्लामा मलको हाहाकार हुँदा समेत ती कार्यालयमा पटकपटक पत्रचार गरी मल वितरण गर्न आग्रह गर्दा सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

२४ घण्टाभित्र मलखाद वितरण नगरिए थप संघर्षका कार्यक्रम ल्याएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।

कृषि सामग्री संस्थान कार्यालय प्रमुख सोनुलाल मुरमुका अनुसार गोदाममा चार हजार एक सय ८६ मेट्रिकटन युरिया, दुई हजार एक सय एक मेट्रिकटन डिएपी र एक सय ६ मेट्रिकटन पोटास मौज्दात छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै