वीरगन्ज । राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्रीलाई काठमाण्डौँ पुर्याइएको छ । उनलाई बुधबार बिहान बुद्ध एयरको विमानमार्फत सिमराबाट काठमाण्डौँ लगिएको हो ।
बिहान १०ः४० को विमानमार्फत सभापति लामिछानेलाई काठमाण्डौँ लैजाने तयारी थियो । यद्यपी सेड्युल परिवर्तन हुँदा उनी सवार बुद्ध एयरको विमान केहि बेर अघि मात्र काठमाण्डौ ल्याण्ड भएको पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि बाराको सिमरा विमानस्थलबाट काठमाडौं लगिएको हो ।
उनलाई आजै कास्की जिल्लाको पोखरा लगिनेछ । यहाँको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।