काठमाण्डौँ । सडकमा हुने सवारी दुर्घटनाहरुमा सबैभन्दा बढी मोटरसाइकल रहेको एक प्रतिवेदनले देखाएको छ ।
फ्रेन्डस अफ स्किलस् रोड क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा सडकमा दुर्घटना हुने सवारी साधनमध्ये मोटरसाइकल सबैभन्दा बढी रहेको जनाइएको हो । क्लवका अनुसार गत आर्थिक वर्ष ०८०/८१ को फागुन मसान्तसम्म ५५ लाख २६ हजार १९२ दर्ता भएका सवारी साधन छन् । जसमध्ये झण्डै ८१ प्रतिशत मोटरसाइकल दुर्घटना छन् ।
त्यो वर्ष ८० दशमलव ९८ प्रतिशत मोटरसाइकल दुर्घटनामा परेका क्लवको निष्कर्ष छ । यसैगरी कार, जिप लगायत ६ दशमलव २० प्रतिशत दर्ता भएका छन् । १२ दशमलव ८२ प्रतिशत ट्याक्टर, पावरट्रिलर, अटो रिक्सा, ठुला सवारी साधन लगायत रहेको बताइएको छ ।
सिभिल इन्जिनियर नेमी भट्टराईका अनुसार ५६ दशमलव ४ प्रतिशत मोटरसाइकल दुर्घटनामा पर्ने गरेका छन् । यस्तै, दोस्रोमा कार/जिप १९ दशमलव ३ प्रतिशत दुर्घटनामा पर्ने गरेको उनले उल्लेख गरे । यस्तै, बस ६.२ प्रतिशत ट्रक/ट्यांकर ४ दशमलव २ प्रतिशत, टेम्पो ४ दशमलव २ प्रतिशत दुर्घटनामा पर्ने गरेको भट्टराईले बताए ।
यस्तै, टिप्पर १.३ प्रतिशत, डोजर ० दशमलव २ प्रतिशत, माइक्रोबस १ दशमलव ४ प्रतिशत, ट्याक्टर २ दशमलव २ साइकल, ठेला रिक्सा ४ दशमलव ३ प्रतिशत र अन्यमा ० दशमलव ३ प्रतिशत दुर्घटना हुने गरेको इन्जिनियर भट्टराईको भनाई छ ।
उनले संघीयता आएयता सवारी साधनको नम्बर प्लेट पनि एकरुपता नरहेको बताए । ‘सवारी साधनको प्रयोग बढ्दो छ, सवारी साधनको क्र्यस पनि बढ्दो नै पाइएको छ,’ उनले भने, ‘वर्षदिनमा औषतमा २४ सय जनाको मृत्यु भएको छ । यसलाई जिरोमा पु¥याउने गरी योजना बनाउनका लागि तथ्यांकको आवश्यकता पर्दछ ।’