बीरगन्ज । राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मेडिकल चेकजाँच गरिएको छ । उनको जिल्ला प्रहरी कार्यालय पर्सामा मेडिकल चेकजाँच गरिएको हो ।
बीरगन्जको नारायणी अस्पतालबाट आएको स्वस्थ्यकर्मीहरुको टोलीले सभापति लामिछानेको स्वस्थ्य जाँच गरेको हो ।
टोलीले परिक्षण गर्दा उनको ‘ब्लड प्रेसर’ बढेको जनाइएको छ । उनको प्रेसर बढेर १६०/११० पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यद्यपी उनलाई जिल्ला प्रहरी पर्साको हिरासतमा राखिएको छ । उनीमाथि आजैदेखि बयान लिने तयारी गरिरहेको प्रहरीको भनाइ छ ।