बीरगन्ज । रास्वपा सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका छन् । पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबिच प्रहरी परिसरमा ल्याएको हो ।
समर्थकहरुको नाराबाजीबिच उनलाई प्रहरी कार्यालयमा ल्याइएको जनाइएको छ । सानो पाइला बचत तथा क्रृण सहकारीको रकम हिनामिना प्रकरणमा आवश्यक अनुसन्धानका लागि पर्साबाट पनि पक्राउ पूर्जी जारी भएपछि उनलाई यहाँ ल्याइएको हो ।

उनलाई पर्सा प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिनेछ । सभापति लामिछानेमाथिसरकारी बकिल कार्यालयले आजैदेखि बयान लिने तयारी गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।