ट्रेन्डिङ

रवि लामिछानेका समर्थक उत्रिए प्रदर्शनमा, जिल्ला प्रहरी पर्सा अगाडी नाराबाजी

बीरगन्ज । रास्वपा समर्थकहरुले बीरगन्जमा प्रदर्शन सुरु गरेका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रदर्शन सुरु गरेका हुन् ।

सभापति रवि लामिछानेलाई सिमरा विमानस्थलबाट जिल्ला प्रहरीको कार्यालयमा ल्याउन लागेसँगै उनका समर्थकहरु नारबाजीमा उत्रिएका हुन् ।

उनीहरुले नडराउन रवि दाई जनता तिम्रो साथमा छ, ८७ अर्ब रुपौया फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

सभापति लामिछानेलाई आज अपरान्ह ४ बजेर २५ मिनेटमा बुद्ध एयरको विमानबाट सिमरा ल्याइएको हो ।

सानो पाइला बचत तथा क्रृण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि यहाँ ल्याइएको हो । उनलाई सिमरा विमानस्थलबाट सवारीमार्फत बीरगन्ज ल्याइँदैछ । सभापति लामिछानेलाई पर्सा प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

यसै प्रकरणमा पक्राउ परेका छविलाल जोशी तथा रामबहादुर खनाललाई पर्सा प्रहरीले गएराती नै बीरगन्ज ल्गाइसकेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै