ट्रेन्डिङ

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले सोमबार बिशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ ।

पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोप छ । अख्तियारले उनी विरुद्ध राहदानीमा केरमेट र जालझेल गरेको आरोप पनि लगाएको छ ।

जसअनुसार ०८० साउन १५ गतेदेखि हाल सम्म उनले लिएको लाभ सुविधा रकम छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा जफत असुल उपर हुनुपर्ने आरोप(पत्रमा माग दाबी गरिएको छ ।

२०८० साल साउन १४ गते अनिवार्य अवकाशमा जानुपर्ने उनी अब विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै